राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न÷गराउन प्रतिबद्ध छौँ ।’

दलका नेता तथा प्रतिनिधिले निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएका बखत अनिवार्यरुपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा दस्ताखतसमेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार