पेरुमा मूल्यवृद्धि विरुद्ध आन्दोलन, राष्ट्रपतिद्वारा कर्फ्यु आदेश

इन्धन र खाद्यवस्तुमा भएको मूल्यवृद्धि विरुद्धको आन्दोलन चर्किँदै गएपछि पेरुको राजधानी लिमामा कर्फ्यु लगाइएको छ । आन्दोलन हिंसात्मक हुँदै गएको भन्दै पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले राजधानी लिमा र प्रमुख सहर कालाओमा कर्फ्यु आदेशको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

आन्दोलनमा देशको मुख्य ट्रेड युनियन संस्था र चालकहरूले नेतृत्व गरेकाले आन्दोलन मत्थर हुने सङ्केत नदेखिएको खबरमा उल्लेख छ । आन्दोलन हिंसात्मक हुँदै गएको भन्दै पेरुमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सर्तक रहन भनेको छ ।

ट्रक र बस चालकसहितका आन्दोलनकारीले मुख्य राजमार्गहरू बन्द गर्ने, प्रहरीका भवन जलाउने लगायतका गतिविधि चर्काएपछि राष्ट्रपतिले कर्फ्यु लगाउनुभएको हो । सरकारले गएको हप्ता इन्धनमा लगाएको कर हटाउने र मजदुरको ज्याला १० प्रतिशतले बढाउने निर्णय गरे पनि आन्दोलनकारीले इन्धनको मूल्य घटाउनुपर्ने र मजदुरको ज्याला थप बढाउनुपर्ने माग राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार