रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीकाे इजलासले सुनुवाइ गर्ने

 राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ ।

१५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा आदेश दिएको थियो ।

सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्यसचिव पदबाट बर्खास्त गरेको थियो ।  बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो ।

सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार