सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी हुन् : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाडले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताएका छन् । बाराको सिम्रौनगढमा सोमबार कांग्रेसका पुरा नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाडले नेपालको सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी भएको बताएका हुन् ।

उनले भने, ‘सुरक्षाकर्मीलाई प्रयाप्त स्रोत साधन दिन सकिएको छैन। सीमा क्षेत्रमा प्रयाप्त सुरक्षा पोष्ट पनि राख्न सकिएको छैन । यस्तो अवस्थामा मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका छन् , नेपाली भूमिको सुरक्षा मधेशकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले बिर्सिन हुँदैन । ’

नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै उनले सबै भूगोल ,जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने काम कांग्रेसले गर्दै आएको बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाडले भने,‘त्यसैले कांग्रेस बलियो भए मात्र देश बलियो हुन्छ , जनताले यो कुरा बुझ्न जरुरी छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार