पाँच दलीय गठबन्धन अदालतले टाला बटुलेर बनाएको नराम्रो पुतली : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गरेका छन् ।

प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपामा प्रचण्ड माधव समूहले सरकार र पार्टीविरुद्ध सकेजति बल लगाएको बताए ।
ओलीले भने, ‘उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।’
ओलीले यसपटक पार्टी नेताहरूले नभइ कार्यकर्ताले जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए । ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेल भएको बताएका छन्।

‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो। अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली। टालाटुली बटुली कति राम्रा पुतली भनेजस्तो यी टालाटुली बटुलेका पुतलीहरु राम्रा पनि छैन। टाला पनि मिलाएर बनाउन जानेको छैन,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार