काठमाडौँ उपत्यकामा निषेधाज्ञा (फोटो फिचर)

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आजदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आजदेखि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।

सोमबार नै तीन जिल्ला अधिकारीहरुद्वारा जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । सूचनाअनुसार तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो ।

निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ ।

प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार