धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा प्रवेश गराएका हुन् ।
एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास पुगेका थिए । उनी माओवादीमा जानुभन्दा पहिले एमालेमै थिए । १५ वर्षपछि डल्लाकोटी एमालेमै फर्किएका छन् ।