प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जना रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।