क्लालिफोर्नियको एक होटलमा गोली चल्यो, ६ जनाको मृत्यु

क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो ।

आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार