स्याङ्जामा निर्माणाधीन पुल भत्कियो, ८ जना श्रमिक घाइते

स्याङ्जामा निर्माणाधीन पुल भत्किएको छ । पुल भत्किँदा ८ जना घाइते भएका छन्। आइतबार राति स्याङजा चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणधिन पुल भत्किएको हो। बिम सहित कामदारहरु खसेका थिए। दामाचौर–रामपुर पाल्पा जोडने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथी उचाली जोड्ने काम गरिरहेका श्रमिकहरु घाइते भएका हुन्।

घाइते हुनेमा गोरखा मिरासन गाउँपालिका ४ का २३ वर्षीय सृजन परीयार, रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय राम निवास कुमार पटेल, बारा हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ बर्षीय सुजित कुमार यादब, ४८ वर्षीय रघुनाथ राव र २५ वर्षीय अनुप कुमार राव रहेका छन्।

उनीहरुको पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार