त्रिकोणात्मक सिरिज : फाइनलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी ९पीएनजी० सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन् । घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाललाई मौका दिएको हो । दुर्भाग्यपूर्ण मलेसियासँगको खेलमा कमलसिंह ऐरीको बायाँ हातको कुमको हड्डी भाचिन पुगेको थियो । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ ९विकेटकिपर , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार