पाकिस्तानी पूर्वप्रधानमन्त्रीशरीफमाथि फेरि अर्को आक्रमण, ५ जना गम्भीर घाइते

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुस्लिम लिग (एन)का संस्थापक नवाज शरिफमाथि बेलायतमा सोमबार फेरि आक्रमण भएको छ । शरिफको बेलायतस्थित कार्यालयमा हमला भएको हो । उनको आक्रमणमा प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआईका कार्यकर्ताहरूको हात रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार अहिलेसम्म आक्रमणमा संलग्न रहेको आरोपमा चार जनलाई पक्राउ गरिएको छ ।नवाजमाथि भएको यो दोस्रो हमला हो । योभन्दा पहिले आइतबार पनि एक व्यक्तिले उनीमाथि मोबाइल प्रहार गरेका थिए । यसबाट उनका अंग रक्षक घाइते भएका छन् ।

चार आरोपी गिरफ्तार
शरिफमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जियो न्यूजका एक पत्रकारले सेयर गरेको भिडियोमा नवाज सरिफको कार्यालय बाहिर हिंसात्मक आक्रमण भएको देखिन्छ । कार्यालय बाहिर केही मानिसहरु आक्रमणमा सहभागी भएको प्रस्टै देखिन्छ । गाडीमा आएका आक्रमणकारीहरुले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको नेतृत्वको पार्टीको झण्डा बोकेका थिए भने उनीहरु मास्क समेत लगाएका थिए ।

नवाजका २ कार्यकर्तासहित ५ जना गम्भीर घाइते
आक्रमणमा नवाज सरिफका २ कार्यकर्ता घाइते भएका छन् भने ३ जना आक्रणमकारी गमभीर घाइते भएका छन् । पाकिस्तानी राजनीतिज्ञ मुर्तजाले शेयर गरेको अर्को भिडियोमा आक्रमणकारीको अनुहार स्पष्ट रुपमा देख्न सकिन्छ । भिडियोमा बेलायतका प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गरेको समेत देखिन्छ । मुर्तजाले भने आक्रमणमा ५ व्यक्ति गम्भीर घाइते भएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार