निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आएपनि एमाले प्रतिष्पर्धाको हैसियत राख्छ : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने  ‘स्थानीय स्तरमा स्थानीय आवश्यकताअनुसार कतै तालमेल हुनसक्ला तर गठबन्धन गरेर जाने नीति पार्टीको छैन ।’

सत्ता गठबन्धनका पाँच दलमात्रै नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आएपनि प्रतिष्पर्धा गर्ने हैसियत एमालेसँग भएको उनको दाबी छ । ‘पार्टीले गरेका र गर्ने कामको आधारमा जनताको विश्वास जित्ने हो । गठबन्धन छ भनेर हामीलाई कुनै चिन्ता छैन ।’

उनले परमादेशी सेटिङले निर्वाचन आयोग पनि प्रभावित हुन सक्ने भन्दै त्यसका केही संकेत देखिएको पनि बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार