घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार सुन तोलाको ९९  हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ  । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले गिरावट आएर एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार