रुस-युक्रेन युद्ध : ज्यान गुमाएका मानिसको शव सामूहिक चिहानमा गाडियो

युक्रेनका सहरबाट रुसी सेनाले फिर्ता भएसँगै राजधानी किभ बाहिरको एक सहरमा युद्धमा मारिएका सयौं शवहरूलाई समूहिक चिहानमा गाडिएको छ ।सरकारी अधिकारीहरूका अनुसार राजधानी किभ नजिकैको सहर बुचामा मृत्यु भएका थुप्रै शवहरूलाई सामूहिक चिहान बनाएर गाडिएको हो ।

युक्रेनी अधिकारीहरूले रुसी सेनाले उक्त सहरमा नरसंहार गर्दै निशाना बनाएर आक्रमण गर्दा ठूलो संख्यामा युक्रेनीहरू मारिएका थिए । बुचा सहरमा विगत केही साताहरूमा भयावह भएको थियो । र केही दिन अघिसम्म मात्रै उक्त सहर रूसी कब्जामा थियो।

रुसी सेनाले युक्रेनका विभिन्न सहरमा ठूलो संख्यामा युक्रेनी नागरिकको हत्या गरेका थिए । पछिल्लो शान्ति वार्तासँगै रुसले कब्जा गरेका युक्रेनका सहरहरू फिर्ता गर्ने चरणमा छ ।

सबैजसो मानिसहरूको टाउकाको पछाडिको भागमा गोली प्रहार गरेको देखिएको मेयर एनाटोलीले बताएका छन् । ती धेरैजसो वयष्क पुरुष र महिला थिए । यस क्रममा १४ वर्षीय पुरुषको शव पनि भेटिएको थियो ।मेयर एनाटोलीले मुचा सडकमा मात्रै कम्तीमा २२ वटा शव देखेको बताएका छन् । तर रुसी सेनाका कारण ती शवहरू अहिले नै संकलन गर्न सम्भव नभएको अधिकारीहरूले बताएका छन् ।

गत फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच सुरु भएको युद्ध मार्च ३० सम्म चलेको थियो । मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका अनुसार युक्रेन युद्धमा १ हजार २३२ नागरिक मारिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार