सुनसरी–मोरङका उद्योगमा १४ घण्टासम्म लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको बताएका छन् । इटहरी र विराटनगरमा सञ्‍चालित अधिकांश उद्योगमा विगत एक हप्तादेखि १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको उद्योगीहरुले बताएका छन् ।

प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ ।

अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन । उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार