नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् ।
ओलीले नक्सा नराखेको भन्दै आपत्ति जनाउदैँ भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।
एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’
शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उनले सो प्रश्न गरेका हुन् । बुद्धिजिवी परिषद्को १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए ।
देउवा सरकारको १०० दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा राखेको उनको आरोप छ । उनले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताए ।
‘सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो ? ’ ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ रुु