‘इमरान खानले आज विपक्षीलाई चकित पार्नेछन्’

पाकिस्तानका ऊर्जा मन्त्री हमाद अजहरले आजको खेल प्रधानमन्त्री इमरान खानले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । मिडियासँग कुरा गर्दै उनले खानले विपक्षीलाई चकित पार्ने बताएका हुन् ।

उनले इमरान खान सरकारविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावलाई विदेशी षड्यन्त्र भएको भन्दै यो वर्तमान सरकारको विदेश नीतिलाई असफल बनाउने प्रयास भएको बताए ।

उनले पाकिस्तान तहरीक-ए-इन्साफ एक राजनीतिक पार्टी हो र यसले असंवैधानिक वा गैरकानूनी हुने कुनै पनि काम नगर्ने आश्वासन दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार