प्रधानमन्त्री देउवाद्वारा काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् ।  साे क्रममा देउवासहित पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो । साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए ।

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलगायत उच्च अधिकारीहरू पुगेका थिए । विमानस्थलबाट बाहिर निस्किएपछि प्रधानमन्त्री देउवालाई सडकको दायाँ बायाँ रहेका नागरिकहरुले स्वागत गरेका थिए । स्थानीय कला र संस्कृति झल्किने विविध झाँकीहरुबाट पनि उनको सम्मान र स्वागत गरिएको थियो ।

बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार