पेट्रोल पम्पहरुमा आज पनि लाइन, पेट्रोलियम पदार्थको सञ्चिती नगर्न निगमको आग्रह

काठमाडौं । आज पनि काठमाण्डौ उपत्यकाका पेट्रोल पम्ममा उपभोक्ताको लामो लाइन छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोलपम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ ।

देशभरका डिपोहरु खुला गरिसकेको र ढुवानी सुरु भएकाले अब सजिलै पेट्रोलियम पदार्थ पाइने निगमले जनाएको छ । आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न पनि आग्रह निगमले आग्रह गरेको छ ।

दुई दिनसम्म पेट्रोलको ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भएको हुने सक्ने भएपनि बेलुकादेखि त्यो अवस्था हट्ने निगमको दाबी छ । हिजो बेलुका नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको कोरोबार नियमित भएको छ । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार