मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस रकमसहित पक्राउ

मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगका सूचना अधिकृत हरिश जोशीका अनुसार उनमाथि थप अनुसन्धान भइरहेको छ । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण सङ्कलन हुँदैछ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार