एनएसएलमा पोखरा थन्डर्सले निकाल्यो पहिलो जित

पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो । पोखरा चौंथो स्थानमा रहेको छ । विराटनगरको यो पहिलो हार हो । विराटनगरले २ खेलमा ३ अंक जोडेको छ । विराटनगर दोस्रो स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार