चट्याङ लागेर भलिबल खेलाडी भट्टराईको मृत्यु

ताप्लेजुङ । गएराति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ ।  आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु-याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

भट्टराई पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार