अजरबैजानको राजधानीमा शक्तिशाली विस्फोट

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा रहेको एक नाइट क्लबमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेको छ । भिडियोमा आपतकालीन सेवाका कर्मचारीहरूले नाइटक्लबबाट मानिसहरूलाई बाहिर निकालेको देख्न सकिन्छ । सडकमा जताततै भग्नावशेष देखिन्छ ।

आपतकालीन सेवाका कर्मचारीले बिहान तीन बजेतिर फोन आएको जानकारी दिए ।सरकारी स्वामित्वमा रहेको ग्यास कम्पनी अजेरी ग्यासका प्रवक्ताले प्रोपेन ग्यास सिलिन्डर विस्फोटका कारण विस्फोट भएको हुनसक्ने बताएका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार