त्रिकोणात्मक टि२० आई सिरिजको लिगको अन्तिम खेलमा नेपालले मलेसियासमक्ष बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टियु मैदानमा मलेसियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनी ५७ बलमा ६ छक्का र १० चौकाको मदतमा ११० रन बनाएर अविजित रहे ।
त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकको योगदान दिए । उनी ३४ बलमा ५१ रनमा आउट भए । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १२ रन तथा आशि शेख १८ रनमा आउट हुँदा आदिल आलम रनमा अविजित रहे ।