नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ भेटिँदैन : मोदी

भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले  नेपालको शान्ति र प्रगतिको यात्रामा भारत दृढ साथी रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको र अनादिकालदेखि एक अर्काका सारथी रहेका बताएका हुन् ।

‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ । भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार