प्रस्तोतालाई थपड हान्ने ओस्कर्स अभिनेता विल स्मिथले राजीनामा दिए

अमेरिकी अभिनेता विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिएका छन्।उनले गत आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेपछि चरम विवादमा तानिएका थिए।

‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो,’ उनको विज्ञप्तिमा भनिएको छ।

एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम अगाडि बढाइरहने बताएको छ।

एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार