नहरमा डुबेर एक बालकको मृत्यु

कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाका १२ वर्षीय रोहित धामी रहेका छन् । शुक्लाफाँटा नगरपालिका-८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा उनको मृत्यु भएको हो ।स्थानीयहरूले नहरको पानीमा उनको शव उत्रिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।धामी धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार