टिपरको ठक्करबाट एक जनाको मृत्यु, ५ जना घाइते

टिपरको ठक्करबाट विद्युत् कार्यालयका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेवरसाइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् प्राधिकरण कार्यालय बोदेवरसाइन सप्तरीको प्रदेश २–०१–००१च ०३३४ नम्बरको बलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदो चालक यादवको मृत्यु भएको हो ।

बोदेवरसाइन नगरपालिका–१० का ३० वर्षीय शैलेश यादव र महेश चौधरी, वडा नम्बर ५ का बृजेशकुमार यादव र जनशंकर साह तथा सिरहा लहान नगरपालिका–८ का अरुणकुमार सिंह घाइते छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार