आइपीएलः कोलकत्ताको लगातार दोस्रो जित

 पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए । लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए ।

कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा  टिम साउथीले २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै  शीर्ष स्थानमा उक्लिएको छ  । पन्जाबको  भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक  छ ।

सम्बन्धित समाचार