भक्तपुरमा प्लटिङ हुँदै गरेको जग्गामा पर्खाल भत्किँदा दुई जनाको मुत्यु

भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माण मजदुरको काम गर्ने उनिहरुले प्लटिंगको जग्गामा पर्खाल लगाउदैं थिए । एक्कासी माथिबाट ढिस्को भत्किएर पुरेको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार माटोमा पुरिएका दुवै जनाको निकाल्दा मृत्यु भईसकेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार