प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

 तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

देउवासँग भारतीय विदेशमन्त्री जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

प्रधानमन्त्री देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार