ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। भारतको जोगवानीबाट को २५ प ७६५८ नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४० वर्षीय राजेन्द्र केसी पक्राउ परेका हुन्।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले केसीलाई विराटनगर महानगरपालिका–१५ बाट पक्राउ गरिएको जानकारी दिए। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो। केसीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद भएको एसपी राईले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार