काठमाडौं । तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।
इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । औपचारिक भ्रमणमा विदेशमन्त्रीले स्वागत गर्ने प्रचलन थियो ।
प्रधानमन्त्री देउवासँग आज साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।