शाहीको सचिवालयले भन्यो माननीयज्यूको आईसियूमा उपचार हुँदैछ

गण्डकी प्रदेशका सांसद खिम विक्रम शाहीको आईसियूमा उपचार भईरहेको उनको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उनको खोजी गर्न माग गदै प्रदेश संसदमा निवेदन परेको छ ।

जिवन रक्षाको मागसहित खोजी गरिदिन निवेदन परेका शाहीको अस्तालको आईसियूमा राखेर उपचार भईरहेको उनका स्वकीय सचिव मिलन हमालले शाही जानकारी दिएका छन । हमालले बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए । तर उनले अस्पतालको नाम भने बताउन मानेनन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार