लोकतान्त्रिक विद्यार्थी संघका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले आफूखुसी आफ्नो पाकेटको मान्छेलाई लोकतान्त्रिक विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनित गरेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनका नेताहरूसँग विचार विमर्श नै नगरी आफूखुसी अध्यक्ष मनोनित गरेकोले विरोधस्वरूप आफूहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेको लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्राले बताए । अर्का विद्यार्थी नेता करण मिश्राले हाम्रो भविष्य बन्धकमा राखी हतकडी लगाएको बताए ।