प्रधानमन्त्रीको उडानका कारण यतिको विमान डेढ घण्टा आकाशमै होल्ड

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्केका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् ।

प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव लगायत रहेका छन् ।प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।

यस्तै देउवाको उडानका कारण यति एयरलायन्सको विमान आकाशमै होल्ड भएको छ। झापाको भद्रपुरबाट सवा १२ बजे काठमाडौंका लागि उडेको विमान १ बजेर ४० मिनेटसम्म आकाशमै फन्को लगाइरहेको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रधानमन्त्री भारत प्रस्थान गर्न लागेका कारण उडान होल्ड गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

 

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार