बुधबार थप ४ हजार ८९७ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

नेपालमा बुधबार थप ४ हजार ८९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालहरुमा गरिएको परिक्षणमा ४ हजार ८९७ जनामा कोरोना देखिएको हो ।

१३ हजार ८८९ जनाको पीसआर परिक्षणमा ४ हजार ७७४ जना र ९ सय बढीको एन्टीजेन परीक्षण गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १ हजार ४ सय ६४ जना रहेका छन् ।

त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार २ सय ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ७७३ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७९ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३० हजार २०९ संक्रमित आइशोलेशनमा छन् भने ५४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ४५ हजार ९६८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार