चितवनमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ । चितवनमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५८५ रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका दुईजना, राप्ती, कालिका र इच्छाकामनाका एकरएक जना संक्रमित थपिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार