जसपाका १२० नेता कार्यकर्ताका मुद्दा फिर्ता (सूचीसहित)

सरकारले राजपा र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

हेर्नुस् मुद्दा फिर्ता भएकाको सूची:

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार