बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् । त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी बन्ने तय भएको छ । आजै ४ बजे सपथग्रहण हुने बताइएको छ ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली पक्षको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन् । गत पुष १० गते बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए । मन्त्रीहरुले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए ।

Loading...