कपिलवस्तुमा ८२ घरपरिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताएकी छन् ।

कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं.६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपुर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरुन भनेर विशेष अभियान मार्फत कामलाई तिब्र पारिएको बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडि बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार