सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि एक सय ४० सामुदायिक विद्यालय छनोट भएका छन्।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार सूचना जारी गर्दै चैत ८ गते बसेको निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको जानकारी दिएको हो।
याे कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो। विकास केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो।