स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । बैठक भोली (बिहीबार) बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।
वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ ।
यसअघि मंगलबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको थियो ।