गठबन्धनलाई लक्षित गर्दै ओलीले भने-‘बच्चासँग कसरी निहुरेर फाइट खेल्ने ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी क्विन्टलको ढक जस्तो भएको बताएका छन् ।नेकपा एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कतिपय साथीहरूलाई लाग्न सक्छ गठबन्धन गरेका छन् अफ्ठ्यारो पर्न सक्छ । मैले भन्ने गरेको छु यदि एउटा तराजुमा एकएक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो । अनि क्विन्टलको ढक एकातिर राख्नु भयो भने के हुन्‍छ । नेकपा एमाले क्विन्टलको ढक जस्तो हो । पाँच वटा गठबन्धन भएको एकरएक किलाका ढक जस्ता हुन् ।’ उनले भने ।

उनले नेकपा एमालेसँग कोही पनि एक्लै भिड्न नसक्ने बताए । उनले सत्ता गठबन्धनका नेताहरूले चुनावी गठबन्धन नगरी जितिँदैन भन्ने बुझेको तर गठबन्धन गर्दा पनि जितिँदैन भन्ने एमालेले बुझाउने बताए । उनले भने, ‘एक्लै नेकपा एमालेसँग लड्छु भन्ने कुरा नचिताए हुन्छ । नसोचे हुन्छ ।’

उनले निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिन दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सत्ताधारी पार्टीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको आरोप लगाए । उनले मनोनयनका लागि आयोगले एक हप्ता दिए पनि आफूलाई फरक नपर्ने उनको तर्क छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीलाई बच्चासँग दाँज्दै ओलीले बच्चासँग निहुरेर लड्न नसकिने बताए। ‘गठबधन्धन गर्न जरुरी छ। उहाँहरुले गठबन्धन गर्न जरुरी छ। हामीलाई साह्रै बच्चा भयो भने गाह्रो हुन्छ थपिँदै थपिँदै गयो भने अलि बराबर आउन सक्छ नि पाँच वटा भयो भने बच्चाबच्चासँग कसरी निहुरेर फाइट खेल्ने,’ ओलीले भने, ‘निहुरेर लडाई खेल्ने। त्योभन्दा बरु एउटाको काँधमा अर्को। अर्कोको काँधमा अर्को। सक्छन् भने चढुन्। यो त लोभी पापीहरुको गठबन्धन हो नि।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार