कर्णालीमा ‘फ्लोर क्रस’ पछि मन्त्रीको उपहार पाएका तीन जनाले लिए सपथ

कर्णाली प्रदेश सदस्यबाट पदमुक्त भएका तीन जनाले ६ महिनाका लागि मन्त्रीको सपथ लिएका छन् । बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जना मन्त्रीलाई सपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख कलौनीले पद तथा गोपनीयताको सपथ गराएक हुन् ।

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई ‘फ्लोर क्रस’ गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूलाई मुख्यमन्त्री टिकाइराख्न फ्लोर क्रस गरेकाले उनीहरूलाई मन्त्री बनाएका थिए । सांसद पद गएपछि स्वतः मन्त्री पदमुक्त भएका उनीहरूलाई मुख्यमन्त्रीले आजै फेरि नियुक्त गरेका हुन् ।

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निश्कासित

कर्णालीमा फ्लोर क्रस गर्ने तीनजना प्रदेशसभा सदस्य बने मन्त्री

कर्णालीमा पार्टी ह्वीप उल्लंघन गर्ने चार सांसदमाथि कारबाहीको सिफारिस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार