टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि सुन्दरीजलका स्थानीय आन्दोलित

प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ। बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो।बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन्। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरू वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे।टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्।

गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई छोरीको मृत्यु, बुबा गम्भिर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार