बलेफी हाइड्रोपावरकाे आईपीओ निष्कासन आजबाट

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका  १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ  जारी गर्न लागेको हो ।

१६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ।  कम्पनीले  आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ  ।

कम्पनीको आइपीओमध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई  र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

२०१७ सालमा स्थापना भएको बलेफी हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार