मकवानपुरमा स्थानीय निर्वाचनका लागी सुरक्षा तयारी

स्थानीय तहको निवार्चनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ । जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार निर्वाचनका लागि १९ अति संवेदनशील, ६० संवेदनशील र ८६ सामान्य गरी मतदान स्थललाई विभाजन गरिएको छ । राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाका केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उनले बताए । जिल्लामा ३५९ निर्वाचन केन्द्र रहेका छन् ।

विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा प्रशासनले केन्द्र विभाजन गरेको हो । यसै हप्ताभित्र निर्वाचन स्थल तथा केन्द्रका लागि आवश्यक पर्ने तयारी गरिने प्रजिअ पाण्डेले बताए । सङ्घीय सरकारले स्थानीय तहको निवार्चनको एकीकृत सुरक्षा नीति तयारी गरिसकेकाले काम गर्न सहज हुने जानकरी दिँदै उनले मतदानस्थलको संवेदन शीलताका आधारमा विशेष सुरक्षा योजना बनाएर लागू गरिने बताए ।

“निर्वाचनलाई मध्यनजर गरी राजनीतिक दलसँग निन्तर संवाद र छलफल भइरहेको छ”, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार