के हो हिस्टेरिया ? यस्ता छन् उपचार विधि

यो रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्न सक्दछ तर विवाह गरिसकेका युवतीलाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना आउनु हो । यसमा बिरामीले अनौठो खालको व्यवहारहरू देखाउने गर्छन्। जुन स्वभाविकभन्दा भिन्न देखिन्छ। कहिले बेहोश हुने अनि कहिले बक्ने,काम्ने हुन्छ। हरेक केसमा यही कारण भन्ने थाहा हुँदैन।

तर धेरैजसो केसमा हिस्टेरिया हुनुको पछाडि तनाव हुन्छ । मुख्य कारक तनाव नै हो। हाम्रो दैनिक जीवनमा तनाव जसरी पनि आउन सक्छ। घर व्यवहार कार्यालय अथवा टोल छिमेकलगातयका कारणले तनाव हुन सक्छ। तनावसँग जुध्न नसकेर शारीरिक लक्षणहरू देखिएका हुन्छन्।

रोगी मूर्छा पर्नु, मुर्छा परेका अवस्थामा शरीरबाट झड्का आउनु, घाँटीको मांसपेशी कसिलो बन्नु, हातका मुठी बाँधिनु, दाँत कटकट गर्नु, स्वास फेर्न गाह्रो हुनु वा छिटो छिटो श्वास फेर्नु, मुटुको धड्कन बढ्ने, कहिले रुने, कहिले हाँस्ने, कहिले गीत गाउने, उल्टी गर्ने, आँखा नचाउने, कपाल र शरीर निचोर्ने आदि जस्ता लक्षणहरु देखिन्छन् ।

उपचार विधि :
१. एक ठाउँबाट अर्को ठाउँमा स्थान परिवर्तन गराउने ।
२. रोगीलाई रोगले च्यापेपछि लुगा खुकुलो बनाइदिने ।
३. हावा आउने सफा ठाउँमा, ओछ्यानमा सुताउने र टाउकोतिर सिरानी राखिदिने ।
४. रोगी बेहोसी भएमा आँखा र मुखमा पानी छर्कने ।
५. रोगीलाई होसमा ल्याउनको लागि नाकको प्वालमा प्याज वा लसुनको रस या कपुरको केही थापो राख्ने ।
६. मानसिक कारणबाट यस्तो भएको खण्डमा भने मनोवैज्ञानिकद्वारा उपचार गर्ने ।
७. बिहानी पखको चिसो हावामा घुम्न जाने, मर्निङ वाक गर्ने ।
८. रोगीलाई धेरै सहानुभूति नदेखाउने
९. रोगीलाई एकान्त ठाउँमा एक्लै नराख्ने ।
१०. धुमपान गर्ने बानी भएमा हटाउनुपर्छ ।
११. अश्लिल साहित्य तथा अश्लिल फिल्म नहेर्ने ।

नोट: यो रोग लागेका बिरामीलार्ई यौन चाहना तीव्र हुने भएकोले जोसँग पनि यौन सम्पर्क नगर्ने ता कि अनेकौँ समस्याहरु बढ्न नपाओस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार